PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

कैलालीमा नाबालिग किशोरीलाई सामूहिक बलात्कार गर्ने ४ जनालाई १४ वर्ष ६ महिना कैद सजाय



पहिलोपोस्ट

कैलालीमा नाबालिग किशोरीलाई सामूहिक बलात्कार गर्ने ४ जनालाई १४ वर्ष ६ महिना कैद सजाय

कैलालीः जिल्ला अदालत कैलालीले दुई नाबालिग किशोरीलाई सामूहिक बलात्कार गर्ने ४ जनालाई १४ वर्ष ६ महिना कैद सजाय सुनाएको छ।

जानकी गाउँपालिकामा विजया दशमीको मेला हेर्न गएका किशोरको समूहबाट दुई किशोरीलाई बन्धक बनाइ ७ जनाले सामूहिक बलात्कार गरेका थिए। जिल्ला अदालत कैलालीका न्यायाधीश जयानन्द पनेरुको एकल इजलासले बिहीबार घटनामा संलग्न महेश चौधरी, नरेश चौधरी, रामबहादुर चौधरी र मनोज चौधरीलाई १४ वर्ष ६ महिना कैद सजाय सुनाएको हो ।

सोही घटनामा संलग्न रेशम शाहीलाई १३ वर्ष, सत्यम रावललाई ९ वर्ष ८ महिना र कृष्ण नगर कोटिलाई ८ वर्ष ८ महिना सजाए सुनाइएको जिल्ला अदालत कैलालीका शाखा अधिकृत चेतबहादुर बोहराले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell