PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

वीरगंजमा आयोजित प्रथम महिला गोल्डकपको उपाधि नरकटियागंजको पोल्टामा



पहिलोपोस्ट

वीरगंजमा आयोजित प्रथम महिला गोल्डकपको उपाधि नरकटियागंजको पोल्टामा

वीरगंजः वीरगंजमा अयोजित प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बिहारको नरकटियागंज टिमले जितेको छ। बिहीबार नारायणी रंगशालामा भएको फाइनलमा वीरगंज महिला टिमलाई नरकटियागंजले ४-० गोलअन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो ।

नरकटियागंजकी लक्की कुमारी र पूजा कुमारीले समान २-२ गोल गरेका थिए।

वीरगंज यूथ एकेडेमी क्लब वीरगंजद्वारा चैत २ गतेदेखि आयोजित प्रतियोगितामा पर्सा, बारा, सर्लाही, मकवानपुरका ६ वटा महिला क्लब र भारत बिहारको छपरा र नरकटियागंज टिम सहभागी थिए।

प्रतियोगिताको विजेताले नगद २५ हजार रुपैयाँसहित ट्रफी हात पारेको छ। उपविजेताले नगद १५ हजार रुपैयाँसहित ट्रफी हात पार्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell