PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

एकदिवसीय सिरिज शुक्रवारबाट सुरु हुँदै, दुई सिरिजको अनुमानित बजेट १ करोड ४२ लाख ६० हजार



पहिलोपोस्ट

एकदिवसीय सिरिज शुक्रवारबाट सुरु हुँदै, दुई सिरिजको अनुमानित बजेट १ करोड ४२ लाख ६० हजार

काठमाडौं: नेपाल र पपुवा न्युगिनीबीचको एकदिवसीय सिरिज शनिवार र आईतवार हुँदैछ। लगत्तै नेपाल, मलेशिया र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय टी २० सिरिज आयोजना हुँदैछ।

प्रतियोगिताको पूर्वसन्ध्यामा नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ। क्यानका कोषाध्यक्ष रोशन सिंहका अनुसार प्रतियोगिताका लागि १ करोड ४२ लाख ६० हजार खर्च हुने अनुमान रहेको बताए। एकदिवसीयमा म्यानअफदी म्याचलाई १५० डलर र म्यान अफ दी सिरिजलाई ३ सय डलर दिने निर्णय भएको उनले बताए। त्यस्तै टी २० मा म्यान अफदी म्याचलाई १ सय डलर र म्यान अफ दी सिरिजलाई ५ सय डलर दिने उनले बताए।

नेपाली टोलीका प्रशिक्षक पुबुदु दासानायकेले लिग २ को एकदिवसीय साइकल भन्दा बाहिर पनि सिरिज खेल्ने तयारी रहेको भन्दै नेपाल आएकोमा पपुवा न्युगिनीलाई धन्यवाद दिए। त्यस्तै कप्तान सन्दीप लामिछानेले पीएनजीका कप्तान असल साथि भन्दै नेपाली टोलीमा युवा खेलाडीहरु छोटो समयमात्र लिएर नभएर लामो यात्राका लागि आएको बताए।

भोलिबाट सुरु हुने प्रतियोगिताको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्ने र टिकट शुल्क १ सय ५० रुपैयाँ लाग्ने क्यानले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell