PahiloPost

May 15, 2024 | २ जेठ २०८१

आजको मौसम पूर्वानुमान : हल्का वर्षाको सम्भावना



पहिलोपोस्ट

आजको मौसम पूर्वानुमान : हल्का वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

उक्त प्रणालीको प्रभावले पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही सथानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ।

देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भई प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २९  दशमलव दुई डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम तीन दशमलव पाँच डिग्री र सबैभन्दा धेरै धनगढीको अधिकतम तापक्रम ३६ दशमलव दुई डिग्री सेल्सियस रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell