PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

हेटौंडा उपमहानगरपालिकाका मेयरको दाबी : घोषणापत्रमा उल्लेख गरेको भन्दा धेरै काम गरेको छु



पहिलोपोस्ट

हेटौंडा उपमहानगरपालिकाका मेयरको दाबी : घोषणापत्रमा उल्लेख गरेको भन्दा धेरै काम गरेको छु

हेटौंडा : हेटौंडा उपमहानगरपालिका प्रमुख हरि बहादुर महतले आफूले घोषणा पत्रमा उल्लेख भए अनुसार नै काम गरेको बताएका छन्। वडा नम्बर-४ हुप्राचौरमा बहुउदेश्यीय भवनको शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै उनले  आफुले चुनाव उठ्नु भन्दा अगाडी आम जनतामाझ घोषणापत्र घोषणा पत्र मार्फत उल्लेख गरे अनुसार नै भवन निर्माण गर्न लागिएको बताए।

 ४७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको ११ तले भवनमा भ्युटावर सहितको बहुउदेश्यीय भवनको उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महतले शिलान्यास गरेका हुन्।  महतले यस भवन निर्माण भएपछि उपमहानगरपालिकाको आन्तरिक स्रोतमा धेरै वृद्धी हुने बताए।

हेटौंडा उपमहानगरपालिकाले पाँच वर्षको अवधिमा धेरै राम्रा गौरवका योजनाहरु निर्माण गरेको र त्यही अनुसार यो योजना पनि रहेको उनको दाबी थियो। उपमहानगरपालिकाको लगानीमा हेटौंडामा बस टर्मिनल, हेटौंडा अस्पतालमा डायलाशिस मेसिन, तरकारी थोक बजार, पिप्ले रंगशाला निर्माण लगायतका काम गरिएको उनले बताए।

हुप्रचौरमा निर्माण हुन लागेको बहुउद्देश्यीय भवनको भ्याट र कन्सल्टेन्सीसहित ९६ करोड ३५ लाख ४४ लाख रुपैयाँ लागत निस्किएको थियो। त्यस बाहेकमा ठेक्का आह्वान गर्दा ७७ करोड ७६ लाखमा लागत अनुमान गरिएको थियो। कुल लागतमा ३८ दशमलब २८ प्रतिशत घटेर लामा, रसुवा, बायाँ जेभीले ठेक्का प्राप्त गरर काम सुरु गरेको हो।

११ तले भवनमा सबै भन्दा मुनी दुई तलाको अण्डरग्राउण्ड, चारतिरबाट लिफ्ट, दुइवटा भर्‍याङ र सबै भन्दा माथि भ्यूटावर निर्माण गरिने उपमहानगरपालिकाका उपमहानगरपालिका योजना महाशाखाका प्रमुख सत्यनारायण साहले बताए। व्यापारिक भवनको सबै भन्दा माथी भ्यू टावरबाट हेटौंडा र आसपासको क्षेत्र सहज रुपमा हेर्न सकिने उनले बताए। तीन वर्षमा काम सक्नेगरी ठेक्का दिइएको साहले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell