PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

तातोपानी भन्सार नाकाबाट दुई दिनमा भित्रियो ४६४ मेट्रिक टन रासायनिक मल



रासस

तातोपानी भन्सार नाकाबाट दुई दिनमा भित्रियो ४६४ मेट्रिक टन रासायनिक मल
फोटो : रासस।

सिन्धुपाल्चोक : तातोपानी भन्सार नाकाबाट बिहीवार थप २३२ मेट्रिक टन रासायनिक युरिया मल नेपाल भित्रिएको छ। सोही नाका भएर बुधबार पनि २३२ मेट्रिक टन युरिया मल भित्रिएको थियो।

बुधवार भित्रिएका मल प्रयोगशाला परीक्षण गरी राजधानी पठाइएको तातोपानी सुक्खा बन्दरगाह भन्सार प्रमुख नारद गौतमले जानकारी दिए।

रासायनिक मलको चर्को अभाव झेल्दै आएका किसानलाई यसले राहत दिने बताइएको छ। सिल्क मार्केटले चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी पाएको थियो।

बोलपत्र पाएपछि छ महिनाअघि सो कम्पनीले पहिलो खेपमा एक हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ। अहिले बाँकी मल ल्याउन थालिएको कम्पनीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell