PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

चैत १४ गते मनकामना केबुलकार बन्द हुने



पहिलोपोस्ट

चैत १४ गते मनकामना केबुलकार बन्द हुने

काठमाडौं : मनकमना केबुलकार एक दिन बन्द हुने भएको छ। नियमित मर्मतसम्भारका लागि यही चैत १४ गते सोमवार एक दिनका लागि बन्द गरिने भएको हो।

मर्मतसम्भारपछि चैत १५ गते मंगलवारदेखि पुनः नियमित संचालनमा आउने नायव महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए। उनका अनुसार सो अवधिभर चितवनको इच्छाकामना गाउँपालिका-४ चेरेशस्थित बटम स्टेशनमा रहेको रेष्टुरेन्ट सेवा भने यथावत रहनेछ।

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान सहजताका लागि मनकामना दर्शन प्रालिद्वारा २४ वर्षअघिदेखि सञ्चालित मनकामना केबुलकार स्तरोन्नतिको तयारीमा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell