PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

भाला र अमिनीको अर्धशतकमा पपुवा न्युगिनीले नेपाललाई दियो २ सय ९३ रनको लक्ष्य



पहिलोपोस्ट

भाला र अमिनीको अर्धशतकमा पपुवा न्युगिनीले नेपाललाई दियो २ सय ९३ रनको लक्ष्य
फाइल फोटो क्यान

काठमाडौं: नेपाल र पपुवा न्युगिनीबीचको एकदिवसीय सिरिजको पहिलो खेलमा पपुवा न्युगिनीले नेपाललाई २९३ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङमा उत्रिएको पपुवा न्युगिनीले कप्तान असद भाला र चार्लस अमिनीको अर्धशतकको सहायतामा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९२ रन बनाएको हो।

कीर्तपुरस्थित टीयू क्रिकेट मैदानमा उत्रिएको पपुवा न्युगिनीका लागि चार्ल्स अमिनीले सर्वाधिक ७७ रन बनाउँदा कप्तान असद भालाले ६० रन बनाए। त्यस्तै नोर्मन भनुआले ४७, टोनी उराले ३८ रन बनाउँदा रिले हेकुरेले ३१ रन जोडे। त्यस्तै जेसन किला १३ रनमा अविजित रहे।

बलिङतर्फ नेपालका कमलसिंह ऐरी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिँदा सन्दीप लामिछाने र पवन सर्राफले समान १ विकेट लिए।

नेपाल केहीबेरमा जवाफी ब्याटीङमा उत्रिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell