PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

रणनीतिक क्षेत्रमा पकड स्थापित गर्न शक्ति राष्ट्रबिच कडा प्रतिस्पर्धा चलिरहेको छ : प्रधानमन्त्री देउवा



पहिलोपोस्ट

रणनीतिक क्षेत्रमा पकड स्थापित गर्न शक्ति राष्ट्रबिच कडा प्रतिस्पर्धा चलिरहेको छ : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय शक्ति राष्ट्रहरु बिच विभिन्न क्षेत्रमा आफ्नो प्रभुत्व जमाउने उद्देश्यले देखा परेको तनाव र होडबाजीले अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षाको वातावरण गम्भीररुपमा प्रभावित भएको बताएका छन्।

शिवपुरीस्थित सैनिक कमाण्ड एण्ड स्टाफ कलेजमा आयोजित सातौं समूहको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम समापनका अवसरमा रक्षा मन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका देउवाले अन्तर्राष्ट्रिय परिवेशमा आर्थिक, राजनीतिक र रणनीतिक क्षेत्रमा आफ्नो पकड स्थापित गर्न शक्ति राष्ट्रबिच कडा प्रतिस्पर्धा चलिरहेको बताएका हुन्।

‘देशको संवेदनशील भू-राजनीतिक अवस्थितिको कारण अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले पनि हाम्रो राजनीतिक, आर्थिक, सामाजिक तथा समग्र सुरक्षा क्षेत्रमा असर पर्ने हुन्छ’ उनले भने, ‘ त्यसतर्फ सचेत रहँदै मुलुकको हित र स्वार्थमा कुनै किसिमको आँच नदिनेतर्फ हामी सबै सजग र प्रतिबद्ध हुन आवश्वक छ।’   

राष्ट्रिय सुरक्षा संवेदनशील र चुनौतीपूर्ण विषय भएकोले त्यसलाई बलियो तुल्याउन अन्तर निकायबिच समन्वय र सहकार्य पनि बलियो हुनुपर्नेमा उनले जोड दिएका छन्।

कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले सुरक्षाका दायरा फराकिलो हुँदै गएको अवस्थामा राष्ट्रिय सुरक्षामा नागरिक र सबै सुरक्षा संयन्त्रबिच एकै किसिमको सोच हुन जरुरी रहेको धारणा राखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell