PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

सिंहदरबार गुरुयोजना छिटो अघि बढाउन मन्त्री झाँक्रीको जोड



पहिलोपोस्ट

सिंहदरबार गुरुयोजना छिटो अघि बढाउन मन्त्री झाँक्रीको जोड

काठमाडौं : शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सिंहदरवार गुरुयोजना छिटो अघि बढाइने बताएकी छिन्। देशको प्रमुख प्रशासकीय केन्द्रलाई वर्षौसम्म अव्यवस्थित बनाएर राख्न नहुने बताउँदै उनले सिंहदरबार गुरुयोजना स्वीकृत गरेर छिटो अघि बढाइने बताएकी हुन्।

शुक्रवार मन्त्रालयमा आयोजित सिंहदरवार गुरुयोजनाबारे छलफल कार्यक्रमा झाँक्रीले सिंहदरबारभित्र ‘युटिलिटी कोरिडोर’ बनाएर एकीकृत विकास योजना अघि बढाउनु पर्ने बताइन्

‘देशको प्रमुख प्रशासकीय केन्द्रलाई अस्तव्यस्त बनाएर गुरुयोजना अलपत्र पार्न मिल्दैन। सकेसम्म छिटो अघि बढाउन गृहकार्य थालेका छौं,’ उनले भनिन्।

सबै निकायको संलग्नतामा र अपनत्व हुने गरी गुरुयोजना स्वीकृत गरिने बताउँदै उनले सिंहदरबार गुरुयोजनामा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सर्वसाधारणको प्रवेशलाई समेत व्यवस्थित बनाइने बताइन्।

झाँक्रीले सिंहदरबार गुरुयोजना थप बलियो बनाउन नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण संलग्न टास्क फोर्स बनाएर गुरुयोजना बनाइने बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell