PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

पीएनजीविरुद्ध रोहित पौडेलको अर्धशतक, मल्ललाई पछिपार्दै बने नेपालबाट ओडीआई क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी



पहिलोपोस्ट

पीएनजीविरुद्ध रोहित पौडेलको अर्धशतक, मल्ललाई पछिपार्दै बने नेपालबाट ओडीआई क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी
फाइल फोटो क्यान

काठमाडौं: पपुवा न्युगिनी र नेपालबीचको एकदिवसीय सिरिजको पहिलो खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी छ। पपुवा न्युगिनीले दिएको २९३ रनको लक्ष्य नेपालले पछ्याइरहेको छ।

नेपालका लागि रोहितकुमार पौडेलले २७.२ ओभरमा ३ चौका र एक छक्काको सहायतामा अर्धशतक पुरा गरेका छन्। हालसम्म ४ विकेट गुमाएको नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३२ रन, दीपेन्द्रसिंह ऐरीले १५ रन, अनिल साहले ६ रन र देव खनाल डकआउट भएका छन्। यो समाचार तयार पार्दा सम्म रोहित र आरिफ शेख क्रिजमा छन्।

आजको खेलमा ब्याटिङ गरिरहेका पौडेलले नेपालका लागि एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने कीर्तिमानसमेत बनाएका छन्। आजको खेलमा १८ रन बनाएसँगै पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई पछि पार्दै पौडेल एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने नेपाली क्रिकेटर बनेका हुन्। मल्लले १९ खेलबाट ४८० रन बनाएका छन् भने पौडेलले १६  खेलबाट उनलाई पछि पारेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell