PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको समीक्षा हुने



पहिलोपोस्ट

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको समीक्षा हुने

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ। अहिले पार्टी कार्यालय सानेपामा बैठक बसिरहेको छ।

बैठकमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको प्रारम्भिक समीक्षा हुने कार्यसूची छ। स्थानीय तह निर्वाचन तयारीका लागि फागुन २९ गतेबाट शुरु भएको एक महिने अभियानको आजको बैठकमा प्रारम्भिक समीक्षा हुन लागेको हो।

बैठकमा संसदीय समिति गठन, निर्वाचनमा चुनावी तालमेल र टिकट वितरणका विषयमासमेत छलफल हुने बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell