PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

कांग्रेससँग चुनावी तालमेल हुन गाह्रो छ : जगन्नाथ खतिवडा



पहिलोपोस्ट

कांग्रेससँग चुनावी तालमेल हुन गाह्रो छ : जगन्नाथ खतिवडा

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले स्थानीय तह निर्वाचनमा गठबन्धनभित्र पूर्ण तालमेल नभए आंशिक तालमेल हुने बताएका छन्।

उनले नेपाली कांग्रेसमा चुनावी तालमेललाई लिएर फरक मत रहेकोले निर्वाचनमा गठबन्धनबिच तालमेल नहुन सक्ने समेत बताए।

धनुषाले आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा खतिवडाले भने, ‘हामी गठबन्धनमा आवद्ध सबै दलबिच तालमेल गर्ने प्रयास गरिरहेका छौं। कांग्रेसभित्र दुई थरी विचार रहेकाले तालमेल नहुन पनि सक्छ।’

कांग्रेससँग चुनावी तालमेल नभए पनि राजनीतिक गठबन्धन नटुट्ने खतिवडाले बताए। कांग्रेससँग तालमेल नभए नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबिच तालमेल हुने उनको भनाइ थियो।

चुनावी परिणामको डरले नभइ मुलुकलाई अझै केही समय सहकार्यको संस्कृतिमा हिँडाउनुपर्ने परिस्थितिका कारण आफुहरु गठबन्धनमा जोड दिइरहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell