PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

नेपाल आइपुगे चिनियाँ विदेशमन्त्री वाङ यी



पहिलोपोस्ट

नेपाल आइपुगे चिनियाँ विदेशमन्त्री वाङ यी
तस्विर : परराष्ट्र मन्त्रालय

काठमाडौं : चिनियाँ स्टेट काउन्सिलर एवम् विदेश मन्त्री वाङ यी नेपाल आइपुगेका छन्। दक्षिण एसियाली देशहरुको भ्रमणमा रहेका वाङ डियर जेटको विमानबाट आज काठमाडौं ओर्लिएका हुन्।

वाङ तीन दिने भ्रमणका क्रममा नेपाल आएका हुन्। विदेश मन्त्री वाङले शनिवार बिहान देखि राजनीतिक भेटवार्तालाई अगाडि बढाउने छन्।

शनिवार दुई देशबिच द्विपक्षीय वार्ता हुनेछ। बिहान परराष्ट्र मन्त्री नारायण खड्का र समकक्षी वाङबीच भेट हुने कार्याक्रम रहेको छ। शनिवार नै प्रधानमन्त्री शेरवाहादुर देउवासँग विदेशमन्त्री वाङले शिष्टाचार भेटवार्ता गर्ने छन्।

आइतवार बिहान मन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने छन्। त्यस्तै उनले आइतवार नै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट वार्ता गर्ने कार्यक्रम रहेको छ।

मन्त्री वाङ आइतवार नै काठमाडौंबाट प्रस्थान गर्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell