PahiloPost

Jul 3, 2024 | २० असार २०८१

मुख्यमन्त्री कप यू-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई



पहिलोपोस्ट

मुख्यमन्त्री कप यू-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई

धनगढीः कैलालीको धनगढीमा सम्पन्न मुख्यमन्त्री कप यू-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ। कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै गण्डकीले प्रतियोगिताको उपाधि उचालेको हो।

उपाधि विजेता गण्डकीले दुई लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता कर्णाली प्रदेशले एक लाख पचास हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। 

धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कर्णाली प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ६४ रनेको लक्ष्य प्रस्तुत गरेको थियो। ६५ रनको विजयी लक्ष्य पछ्याएर मैदान उत्रिएको गण्डकीले १७.३ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो। उसका लागि ज्योत्सनीका मरासिनीले ११ र सृजना पौडेल तथा आङ्पेम्बलुम्बा शेर्पाले समान ९/९ रन बनाए। बलिङतर्फ कर्णालीकी श्रीमीसिं थारुले ४ विकेट लिइन। यस्तै विना थापाले २ र एन्जिला थापाले १ विकेट लिइन।

त्यसअघि कर्णालीको इनिङ किरणकुमारी कुँवरले एक्लै सम्हालिन। ६७ बलको सामना गरेकी उनले टिमलाई २९ रनको योगदान दिइन। बलिङतर्फ गण्डकीका लागि आकृति तिवारीले २ र मनीषा उपाध्याय तथा ज्योत्सनीका मरासिनीले समान १/१ विकेट लिए। खेलको प्लेयर अफ दि म्याच गण्डकीकी ज्योत्सनीका मरासिनी भइन। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि मरासिनी नै भइन। उनले नगद २५ हजारसहित ट्रफी प्राप्त गरिन।

सर्वोत्कृष्ट बलर कर्णालीकी एन्जिला थापा भइन्। उत्कृष्ट ब्याटर वाग्मतकी हेलिशा गुरुङ भइन। उनीहरूले जनही १०/१० हजार प्राप्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell