PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

नेपाल टस जितेर ब्याटिङमा



पहिलोपोस्ट

नेपाल टस जितेर ब्याटिङमा
Photo: CAN

काठमाडौं: कीर्तिपुरमा जारी नेपाल र पपुवान्युगिनीबीचको सिरिजको दोस्रो खेलमा नेपालले टस जितेर ब्याटिङमा उत्रँदै छ। कप्तान सन्दीप लामिछानेले टीममा एक परिवर्तन गर्दै टस जितेर ब्याटिङमा उत्रने निर्णय गरेका हुन्।

पपुवा न्युगिनीसँगको दोस्रो र अन्तिम खेलमा नेपाली टोली जितको लक्ष्यका साथ मैदान उत्रने छ। पहिलो खेलमा टिममा रहेका कमलसिंह ऐरी प्लेइङ ११ मा छैनन्। उनको स्थान गुलसन झाले लिएका छन्।

शुक्रवारको खेलमा नेपालले ६ रनको पराजय ब्यहोरेको थियो। टस हारेर ब्याटिङमा उत्रिएको पपुवा न्युगिनीले कप्तान असद भाला र चार्लस अमिनीको अर्धशतकको सहायतामा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल रोहित पौडेलको शतकीय पारीको बावजुत २८६ रनमा समेटियो। खेल कीर्तिपुरस्थित टीयू मैदानमा साढे ९ बजे सुरु हुनेछ।

नेपाली टोली

सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, देव खनाल, कुशल भुर्तेल, सोमपाल कामी, रोहितकुमार पौडेल, पवन सर्राफ, आरिफ शेख, शुसन भारी, भीम सार्की, अनिलकुमार साह



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell