काठमाडौंः श्रीमतीलाई आगो लगाएर हत्या गर्न खोजिएको अभियोगमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत बौद्को टोलीले सिरहा लाहान नगरपालिका घर भएका ४२ वर्षीय प्रविन चौधरीलाई नियन्त्रणमा लिएको छ।
शुक्रवार राति बुढानिलकण्ठ नगरपालिका वडा नम्बर१० कपन आकाशेधारा नजिकै डेरामा बस्दै आएका चौधरीले आफ्नै श्रीमती ३० वर्षीय श्रीमती अस्मिता चौधरीलाई सुतिरहेको अवस्थामा शरीरमा तारपिन तेल खनाई आगो लगाएको प्रहरीले जानकारी दिएको छ।
घाईतेको साँखु स्थित सुष्मामेमोरियल अस्पतालमा उपचार भइरहेको छ। चौधरीलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी बृत्त बौद्धबाट थप अनुसन्धान भई रहेको छ।