PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

एमालेले दुई-तिहाई होइन, दुई-तीन सिट ल्याउँछ : झलनाथ खनाल



पहिलोपोस्ट

एमालेले दुई-तिहाई होइन, दुई-तीन सिट ल्याउँछ : झलनाथ खनाल
फाइल फोटो

काठमाडौः नेकपा (एकीकृत समाजवादी) पार्टीका  नेता झलनाथ खनालले नेकपा एमालेले आगामी निर्वाचन दुई तिहाई नभएर दुई/तीन सिट मात्र ल्याउने दावी गरेका छन्। शनिवार समाजवादी प्रेस संगठन केन्द्रीय कमिटीको विस्तारिक बैठकलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन्।

नेता खनालले एमाले अध्यक्ष केपी ओलीले आफ्ना साथीसंगी बिर्सेको आरोप समेत लगाए। पार्टीलाई भर्‍याङ बनाएर राजिनिति गरिरहेको समेत आरोप लगाएका थिए। अहिलेको एमाले पार्टी नभएर अदालतले जन्माएको गुट मात्र भएको समेत बताए। ओलीको गुट अझै खस्दै जाने समेत उनको दाबी थियो।

'इतिहास भइसकेको एमाले कुनै पार्टी होइन अदालतले जन्माएको गुट हो। एमालेमा रहेका थुप्रै साथीहरुलाई एमालेसँग सम्बन्ध बिच्छेद गर्न अनुरोध गर्न आग्रह गर्छु,' नेता खनालले भने।

अहिले देशभित्र देखिएको आर्थिक अवस्थाको दोष पनि ओली भएको उनको आरोप थियो। बैंकिङ तरलता पनि केपी ओली सरकारको पृष्ठभूमिबाट आएको उनले दाबी गरे। आफुलाई राष्ट्रभक्ति र देशभक्तिको दाबी गर्ने ओलीको राष्ट्र भक्ति एमसिसीले खुइलिएको खनालले बताए। 

'१० औं महाधिवेशनको दस्तावेज मैल पनि पढेँ। ६२/६३ को जनक्रान्ति हो होइन यस्तो अलमल छ,' उनले अगाडि प्रश्न गरे, 'यो जनवादी क्रन्तिको महत्वपूर्ण मोड हो। यो पुजिवादी समाज हो। केपी ओलीको दस्तावेजले यो पुजिवाद समाज हो भन्न सक्दैन। जसले समाज चिन्दैन उसले के परिवर्तन गर्न सक्छ?'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell