PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

स्थानीय तहको निर्वाचनमा एमालेले छक्का हान्छ : योगेश भट्टराई



पहिलोपोस्ट

स्थानीय तहको निर्वाचनमा एमालेले छक्का हान्छ : योगेश भट्टराई

हेटौंडा : नेकपा एमालेका सचिव योगेश भट्टराईले स्थानीय तहको निर्वाचनमा एमालेले 'छक्का' हान्ने दावी गरेका छन्। शनिवार हेटौंडामा सञ्चारकर्मीसँग कुराकारी गर्दै उनले एमाले स्थानीय तहमा पहिलो हुने दावी गरे।

‘यो गठबन्धन आफनै खुट्टामा अल्झेर लड्ने गठबन्धन हो। यो गठबन्धनमा नेकपा एमालेलाई कुनै त्रास छैन,' योगेशले भने, 'यो गठबन्धनले एक एक रन बटुल्दा एमालेले छक्का हान्छ।’

सचिव भट्टराईले करिव ३३ हजार चुनिने जनप्रतिनिधिको निर्वाचनमा २० हजार भन्दा बढी जनप्रतिनिधि एमालेका हुने दावीसमेत गरेका थिए।

उनले सत्तारुढ गठबन्धनका दल विभिन्न बाहनामा चुनाव सार्ने षड्यन्त्रमा लागिरहेको आरोप लगाउँदै नेकपा एमालेले खबरदारी गर्ने बताएका छन्। उनले पार्टी फुटले केही असर परे पनि पार्टी प्रवेश गर्नेक्रम बढेको र मधेशमा अझै बलियो भएको समेत बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell