PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

कांग्रेस, एमाले र माओवादीलाई साँढे भन्दै राजेन्द्र लिङ्देन : यिनलाई भोट दिएर देश बन्दैन



पहिलोपोस्ट

 कांग्रेस, एमाले र माओवादीलाई साँढे भन्दै राजेन्द्र लिङ्देन : यिनलाई भोट दिएर देश बन्दैन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री शेरबहादुर देउवालाई देश विकासका लागि समयसीमा तोक्न चुनौती दिएका छन्।

'अब कति पटक वा कति वर्ष देउवालाई थपदियो भने देश बनाउन सक्षम हुनुहन्छ? कोही कांग्रेसको नेता हुनुहुन्छ ५ वर्ष दिए देश बन्छ भनेर भन्न सक्नुहुन्छ?,' देउवा र कांग्रेसका नेतालाई प्रश्न गर्दै लिङदेनले शनिवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा भने।

नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बाट देश नबन्ने लिङदेनको दावी छ। राप्रपाले ५ वर्षमात्रै देशको नेतृत्व पाए देशको मुहार फेर्ने उनले सुनाए।

'आउने चुनावमा जानिजानि यस्ता भ्रष्ट नेताहरुलाई भोट नदिनुस् भन्न आएको हो। तपाईँले खुकुरी, तरबार चलाएको भन्दा ठूलो सजाय त्यही हुन्छ। गन्दा थाहा पाउन्, बर्बाद भएछ। हामी सामान्य नागरिक भएर सोचौं, कुनै दलको व्यक्ति भएर होइन,' उनले भने।

कांग्रेस, एमाले र माओवादीलाई साँढेसँग तुलना गर्दै साँढेबाट दूध नआउने लिङदेनले टिप्पणी गरे। भने, 'साँढेको टाँगमुनि बाल्टी थापेर दूध पाइँदैन। साँढेको टाँगमुनि बाल्टी लिएर गएर साँढेले दूध दिएन भनेर साँढेलाई सुम्सुम्याएर दूध दिन्छ र? पिटे पनि दूध दिँदैन। किनभने साँढेको धर्म नै दूध दिने होइन। आज यी पार्टीहरु त्यही भए। यिनीहरुलाई जति भोट दिए पनि देश बनाउँदैनन्,' लिङदेनको आरोप छ।

-न्युज एजेन्सी नेपाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell