PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

गढी गाउँपालिका बालमैत्री घोषित



पहिलोपोस्ट

गढी गाउँपालिका बालमैत्री घोषित

हेटौँडाः मकवानपुरको गढी गाउँपालिका नेपालको चौथो र मकवानपुर जिल्लाको तेस्रो बालमैत्री घोषणा भएको छ।

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले शनिबार गढी गाउँपालिका नेपालमै स्थानीय शासन अवलम्बन गर्ने नेपालको चौथो बालमैत्री गाउँपालिका भएको घोषणा गरे।

यसअघि मकवानपुरकै मनहरि गाउँपालिका बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने पहिलो गाउँपालिका र मकवानपुरकै बकैया गाउँपालिका दास्रो बनेका थिए।

बालमैत्री बनेकोमा बधाई दिँदै मुख्यमन्त्री पाण्डेले घोषणा अनुसारको कार्यमा निरन्तर लाग्न आग्रह गरे। बालमैत्री सूचकभित्र बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता महत्वपूर्ण भएकोले गाउँपालिकाका सबै पक्षहरुले यसलाई ध्यान दिनुपर्ने उनले जोड दिए।

जिल्ला समन्वय समिति मकवापुरले बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणा गर्न अनुमति प्रदान गरेसँगै शनिबार एक कार्यक्रमबीच गढीलाई बालमैत्री घोषणा गरिएको हो।

आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट, नीति तथा कार्यक्रमको नीतिगत निर्णयमा मकवानपुरगढी गाउँपालिकालाई २०७८ मंसिरभित्र बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्ने निर्णय गरिएको थियो।

बालमैत्री स्थानीय तह घोषणाका लागि स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार ५१ वटा सूचकहरुमा रहेर काम गरिएको गढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले बताए। कूल २५ हजार १०५ जनसंख्या भएको गढीमा ५ हजार ३ घरधुरी छन्। जसमा बालबालिकाको संख्या ८ हजार २९६ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell