PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

हात्ती बेच्न भारत लैजाँदै गर्दा तीन जना पक्राउ



पहिलोपोस्ट

हात्ती बेच्न भारत लैजाँदै गर्दा तीन जना पक्राउ

वीरगंजः भारतमा बिक्री गर्न लैजाँदै गरेको अवस्थामा दुई वटा हात्तीसहित ३ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका १८ जितपुर बस्ने ६० वर्षीय बुद्धिराम महतो, राजु कुमाल छन्। यस्तै हात्ती बिक्री गर्ने पर्सा पकहामैनपुर गाउँपालिका ५ सबैठवा बस्ने सफरोज आलम पनि पक्राउ परेका छन्।

हात्ती बेच्न लैजाँदै गरेको सूचनाको अधारमा शनिबार मध्याह्न १२ बजे ईलाका प्रहरी कार्यालय पोखरियाको टोलीले तीनै जनालाई पक्राउ गरेको हो।

पर्सा प्रहरीका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले हात्ती र पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाइएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell