PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

म्यादी प्रहरीका लागि मधेश प्रदेशमा २१ हजार पदमा ६८ हजारले दिए आवेदन



पहिलोपोस्ट

म्यादी प्रहरीका लागि मधेश प्रदेशमा २१ हजार पदमा ६८ हजारले दिए आवेदन
फाइल फोटो

वीरगंजः मधेश प्रदेशमा म्यादी प्रहरीका लागि ६८ हजारले आवेदन दिएका छन्। २१ हजार ६९८ जना म्यादी प्रहरीका लागि  ६८ हजार १९ जनाले आवेदन दिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरिएको हो। प्रदेशमा हालसम्म ६८ हजार १९ जनाको दरखास्त परेको हो।

जसमा सप्तरीमा ९ हजार ४३४, सिरहामा ६ हजार ५०७, धनुषामा ९ हजार २१, महोत्तरीमा आठ हजार ५४, सर्लाहीमा १० हजार ८५१, रौतहटमा चार हजार ४८४, बारामा ११ हजार २६७ र पर्सामा ६ हजार २०१ जनाले आवेदन दिएको मधेश प्रदेश जनकपुरका प्रवक्ता एसपी तुलाबहादुर कार्कीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell