PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

शनिवार दिनभर संगीतमय बन्यो कीर्तिपुर



पहिलोपोस्ट

शनिवार दिनभर संगीतमय बन्यो कीर्तिपुर

काठमाडौं : शनिवार दिनभर कीर्तिपुर संगीतमय बन्यो। संगीतको महोत्सव 'इकोज इन द भ्याली' अन्तर्गत कीर्तिपुरका विभिन्न स्थानमा सांगीतिक कार्यक्रमहरु आयोजना गरिएको थियो। उक्त कार्यक्रममा सहभागी हुन सयौं मानिस कीर्तिपुर नगरपालिका पुगेका थिए।

शनिवार बिहान कीर्तिपुरको सम्पदा भ्रमणबाट सुरु भएको महोत्सव राति जोशी ननिमा 'नेवा: भोज'सँगै सम्पन्न भएको हो। बिहान चिलान्चोमा सांगीतिक परेड आयोजना गरिएको थियो भने त: ननिमा लोकधुनहरुको प्रस्तुती र बाघ भैरव मन्दिर अघिको दबूमा ह्यापी भिलेज अर्केस्ट्राले सांगीतिक प्रस्तुती दिएका थिए।

दिँउसो लायकू दबूमा रैथाने समूह, लोक सांस्कृतिक नौमती बाजन समूह, कीर्तिपुर अल स्टार ब्यान्डले प्रस्तुती दिएका थिए। यस्तै, उमामहेश्वर मन्दिरमा सिन्ह स्वां समूहले सांगीतिक प्रस्तुती दिएको थियो। दिउँसै बाघ भैरव अघि सेर ओ जुनी र ननसीले पनि महोत्सवमा प्रस्तुती दिएका थिए। 

त:ननिमै वर्ड वारियर्सका कविहरुले पनि कविता वाचन गरेका थिए। 

सांगीतिक महोत्सव अन्तर्गत कीर्तिपुरको विभिन्न क्षेत्रमा दाफा भजनसम्बन्धी प्रदर्शनी, फोटो प्रदर्शनी, म्यूजिकल स्टल, परम्परागत बाजाहरुको प्रदर्शन र बाघभैरव चपा छेँमा न्हुछे बहादुर डंगोलको सांगीतिक यात्राबारे प्रदर्शनी गरिएको थियो। यस्तै, बालबालिकाका लागि पनि कथा वाचन सेसन आयोजना गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell