PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

इण्डियन प्रिमियर लिग: चेन्नइलाई हराउँदै कोलकताको सुखद सुरुवात



पहिलोपोस्ट

इण्डियन प्रिमियर लिग: चेन्नइलाई हराउँदै कोलकताको सुखद सुरुवात
Photo: IPL

आजबाट सुरु भएको इण्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा सुखद जित निकाल्दै कोलकता नाइट राइडर्सले सुखद सुरुवात गरेको छ। मुम्बइस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा चेन्नइ सुपर किंग्सलाई ६ विकेटले हराउँदै कोलकत्ताले प्रतियोगितामा सुखद सुरुवात गरेको हो।

चेन्नइले दिएको १ सय ३१ रनको लक्ष्य कोलकत्ताले १८.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइको सुरुवात सुखद हुन सकेन। रुतुराज गाइक्वडलाई शुन्य रनमै गुमाएको चेन्नइका अर्का ओपनर डेभोन कोनवे पनि ३ रन बनाएर आउट भए। त्यसपछि आएका रबिन उथप्पाले २८ रन बनाउँदा अम्बाती रायडू १५ रनमा रनआउट हुन पुगे। धर्मराएको चेन्नइको पारीलाई महेन्द्रसिंह धोनी र कप्तान रवीन्द्र जडेजाले सम्हालेका थिए। धोनीले अर्धशतकीय पारी खेल्दै सर्वाधिक अविजित ५० रन बनाउँदा जडेजा २६ रनमा अविजित रहे।

बलिङतर्फ कोलकत्ताका उमेश यादवले २ विकेट लिँदा वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान १ विकेट लिए।

जवाफी ब्याटीङमा उत्रिएको कोलकत्ताका लागि ४२ रनको साझेदारी गर्दै अजिन्क्य रहाणे र वेङकटेस ऐयरले राम्रो सुरुवात दिए। राहाणेले ४२ रन बनाउँदा ऐय्यरले १६ तथा नितिश रानाले २१ रन बनाए। त्यस्तै साम बिलिङ्ग्सले २५ रन बनाउँदा कप्तान श्रेषय ऐय्यर २० रनमा अविजित रहे।

बलिङतर्फ चेन्नइका ड्वाने ब्राभोले ३ विकेट लिँदा मिचेर सान्टनरले १ विकेट लिए।

भोलि आईपीएलमा दुई खेल हुँदैछन्। पहिलो खेलमा दिल्ली क्यापिटल्स र मुम्बइ इण्डियन्स भिड्नेछन् भने दोस्रो खेलमा पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोर भिड्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell