PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

राष्ट्रपति र चिनियाँ विदेशमन्त्री वाङबिच भेट



पहिलोपोस्ट

राष्ट्रपति र चिनियाँ विदेशमन्त्री वाङबिच भेट

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यीबिच भेटवार्ता भएको छ। तीनदिने नेपाल भ्रमणमा रहेका वाङले आइतवार बिहान राष्ट्रपति निवासमा भण्डारीसँग शिष्टाचार भेट गरेका हुन्।

भेटका क्रममा चीन र नेपालको द्विपक्षीय सम्बन्ध र हितका बारेमा कुराकानी भएको थियो।

आजै वाङले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम छ।

शनिवार वाङले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए। यस्तै, नेपाली समकक्षी नारायण खड्कासँग छलफल पछि ९ वटा समझदारी पत्रमा दुई देशले हस्ताक्षर गरेको थियो।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell