PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

चिनियाँ विदेशमन्त्री वाङको ओली र प्रचण्डसँग छुट्टाछुट्टै भेट



पहिलोपोस्ट

चिनियाँ विदेशमन्त्री वाङको ओली र प्रचण्डसँग छुट्टाछुट्टै भेट

काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री वाङ यीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट गरेका छन्। 

आइतवार होटल मेरियटमा बाङले ओली र प्रचण्डसँग छुट्टाछुट्टै भेट गरेका हुन्। 

चिनियाँ विदेशमन्त्री वाङसँगको भेटमा एमाले अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, एमाले विदेश विभाग प्रमुख डा.राजन भट्टराई लगायतका नेताहरु सहभागी थिए। 

एमाले नेताहरुसँगको भेटलगत्तै विदेशमन्त्री वाङले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका हुन्। भेटमा नेता नारायणकाजी श्रेष्ठलगायतका नेताहरु सहभागी थिए। चिनियाँ विदेशमन्त्री वाङसँगै राजदूत होउ यान्छीलगायतका प्रतिनिधि सहभागी थिए। तीनदिने नेपाल भ्रमणमा शुक्रवार काठमाडौं आएका विदेशमन्त्री वाङले आइतवार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell