PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

ओलीसँग चिनियाँ विदेश मन्त्रीले भने : बीआरआईमा चीन प्रतिवद्ध, तत्काल सम्बोधन गर्नुपर्ने विषय हेरिरहेका छौं



पहिलोपोस्ट

ओलीसँग चिनियाँ विदेश मन्त्रीले भने : बीआरआईमा चीन प्रतिवद्ध, तत्काल सम्बोधन गर्नुपर्ने विषय हेरिरहेका छौं

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चीनियाँ विदेश मन्त्री वाङ यी लाई 'बेल्ट एण्ड रोड इनिसियटिभ' (बीआरआई)लाई अघि बढाउन आग्रह गरेका छन्।

बीआरआईसँग जोडिएका परियोजनालाई चाँडो अघि बढाउन ओलीले विदेशमन्त्री यीलाई आग्रह गरेको एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराले जानकारी दिए। ओली र यी बिचको भेट सौहार्दपूर्ण भएको भन्दै भट्टराईले भने, 'कुराकानी सौहार्दपूर्ण भए। अध्यक्षले बीआरआईसँग जोडिएर अघि बढेका आयोजनाहरु सहमति भएर सुरु नभएका आयोजनाहरु सुरु गरौँ र गति नलिएका आयोजनालाई गति दियौँ भन्नुभयो।'

केरुङ र तातोपानी नाका बन्द रहेकोमा चाँडै खुलाउन भूमिका खेल्न पनि ओलीले भेटमा आग्रह गरेका थिए। कोभिड-१९ का कारण बन्द रहेका नाकाहरु खुलाइदिन ओलीले आग्रह गरेका हुन्। कोभिड-१९ को संक्रमणका कारण चीनबाट नेपाल फर्किएका नेपाली विद्यार्थीहरुलाई चीनमा फर्किने व्यवस्था मिलाउन यीलाई आग्रह गरेका छन्। जवाफमा विदेशमन्त्री यी ले बीआरआईमा चीन प्रतिवद्ध रहेको बताएका थिए। तत्काल सम्बोधन गर्नुपर्ने विषयलाई पनि चीनले चासोपूर्वक हेरेको भेटमा यीले ओलीलाई बताएका छन्।

'पारिपट्टि केही मानिसहरु अड्किएको भन्ने आएको छ। नेपालीलाई फर्काउने विषयमा पनि ध्यान दिनुहोला भन्नेजस्ता विषयमा कुराकानी भयो। उहाँले चाहिँ हामीले बीआरआईका बारेमा हिजो जे प्रतिवद्धता जाहेर गरेका हौं ती सबै कार्यान्वयन गर्न प्रतिवद्ध छौ भनेर भन्नुभयो,' ओली र यी बिचको भेटवार्तालाई उदृत गर्दै भट्टराईले भने। चिनियाँ विदेशमन्त्री यी ले नेपालमा रहदा विभिन्न पार्टीका शीर्ष नेताहरुलाई भेटेका छन्। आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेट गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell