PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

जनप्रतिनिधिलाई राष्ट्रिय सभा अध्यक्षको प्रश्न : काम नगर्ने भए दोहोरिने किन ?



पहिलोपोस्ट

जनप्रतिनिधिलाई राष्ट्रिय सभा अध्यक्षको प्रश्न : काम नगर्ने भए दोहोरिने किन ?

काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थानीय तहमा दोहोरिन चाहने जनप्रतिनिधिहरुलाई आफ्नो नेतृत्वमा देश र नागरिकको आवश्यकता पुरा हुने, नहुने विचार गर्न आग्रह गरेका छन्।

आइतवार गाउँपालिका राष्ट्रिय महासंघ नेपालले आयोजना गरेको गाउँ सभा-नगर सभा संचालन तथा कानून निर्माण प्रक्रिया सम्बन्धी स्रोत पुस्तिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनप्रतिनिधिहरुले दोहोरिने इच्छा देखाएर मात्रै नहुने बताएका हुन्।

पदमा दोहोरिने भन्दापनि आगामी दिनमा के राम्रो काम गर्ने भन्ने विषय महत्वपूर्ण भएको उनले बताए।

‘कति पटकको कुनै अर्थ छैन इतिहासमा कतिपटक एक ठाउँमा लेखिएला तर के गर्‍यो महत्वपूर्ण हुन्छ। कुनै एकजनाले एकपटकमा राम्रो गर्‍यो भने अर्को सात-आठपटक निर्वाचित भएर त्यही ठाउँमा गएकोले केही गरेन भने हिसाब के हुन्छ? महत्व एकपटकको हुन्छ। यहाँहरु दोहोरिन चाहानुहुन्छ, के को लागि ? एक पटक मैले अहिले अनुभव गरें। तर मैले गर्ने काम बाँकी रहे। म यो समाजलाई, मेरो पालिकालाई यस्तो बनाउँछु भन्छु अठोट गर्ने कि नगर्ने ? नत्र के अर्थ हुन्छ दोहोरिएर?’ 

उनले आम नागरिकमा राजनीतिप्रति सकारात्मक धारणा बनाउन र जीवनस्तर उकास्नका लागि नेताहरुले ध्यान दिनुपर्ने समेत बताए। उनले जनताले पनि निर्वाचनको बेला विवेक पुर्‍याएर जनप्रतिनिधि छान्नुपर्नेमा जोड दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell