PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

लोसपाका केन्द्रीय सदस्य विजकुमार कांग्रेस प्रवेश



पहिलोपोस्ट

लोसपाका केन्द्रीय सदस्य विजकुमार कांग्रेस प्रवेश

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य विजकुमार यादव नेपाली कांग्रेस प्रवेश गरेका छन्।

आइतवार उनलाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन्। यादवले लोकतन्त्र र स्थायित्व दिने पार्टी कांग्रेस मात्रै भएको उल्लेख गर्दै लोसपा त्यागेको बताए।

केन्द्रीय कार्यालय सानेपामा भएको पार्टी प्रवेश कार्यक्रममा नेता विजयकुमार गच्छदार र प्रदेश २ कांग्रेसका प्रदेश सभापति कृष्ण यादवसमेत सहभागी थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell