PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

चितवनमा आठ महिनामा १५२ वटा वन्यजन्तु मरे, सबैभन्दा बढी चित्तल मारिए



पहिलोपोस्ट

चितवनमा आठ महिनामा १५२ वटा वन्यजन्तु मरे, सबैभन्दा बढी चित्तल मारिए
FILE PHOTO

काठमाडौं : चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको पहिलो आठ महिनामा १५२ वन्यजन्तु मरेका छन्। तीमध्ये सबैभन्दा बढी ७० वटा चित्तल मरेका हुन्।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार साउन १ गतेदेखि फागुन मसान्तसम्म ३२ वटा गैँडा मरेका छन्। दुई वटा तस्करीले मारेका हुन् भने बाँकी प्राकृतिक कारणले मरेका हुन्। तिवारीका अनुसार गैँडाबाहेक अन्य वन्यजन्तु प्राकृतिक कारणले मरेका छन्।

यस्तै अर्ना १०, बाघ २, रतुवा ३, मगर गोही दुई, जरायो ९, बँदेल दुई, सर्प दुई, अजिङ्गल दुई, लघुना चार, चखेवा दुई मरेका छन्। भालु, चितुवा, हात्ती, बकुल्ला, कछुवा, गौरीगाई, निलगाई, मलाहा बिरालो, गोहोरो, दुम्सी, पानीहाँस र बाँदर एक-एक वटा मरेका छन्।

अधिकांश बाघका आहारा प्रजाति भएका कारण कतिपयलाई बाघले मारेको हो। वन्यजन्तु, बुढो भएर, दलदलमा फसेर, भिरबाट लडेर, एक आपसमा जुधेर, शक्तिशाली जनावरले कमजोरलाई आक्रमण गरेर मर्ने गर्दछन्।

चितवन राष्ट्रिय निकुञ्जमा ६८ प्रजातिका स्तनधारी, ५४४ प्रजातिका चरा, ५६ प्रजातिका सरिसृप र १२६ प्रजातिका माछा पाइन्छन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell