PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

धनुषाको तिनकौरीयामा स्थानीय र प्रहरी बिच झडप, ८ सेल अश्रुग्यास प्रहार



पहिलोपोस्ट

धनुषाको तिनकौरीयामा स्थानीय र प्रहरी बिच झडप, ८ सेल अश्रुग्यास प्रहार

जनकपुरधाम : धनुषामा स्थानीय र प्रहरीबिच झडप भएको छ। जिल्लाको विदेह नगरपालिकास्थित तिनकौरीया चोकमा स्थानीय र प्रहरीबीच झडप भएको हो।

शनिबार राति करिब साढे ११ बजे स्थानीय सन्तोष कुमार मण्डलको सन्ता पान प्यालेसमा आगजनी गरिएको विषयमा स्थानीयले बिहानैदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन्। सोही सडक खण्ड खुलाउने विषयमा प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो। ५० मिटर नजिकै रहेको तीनकौरिया प्रहरी चौकीको लापरवाहीले गर्दा अज्ञात समूहले आगजानी गरेको स्थानीयको आरोप छ।

स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले ८ सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए। डीएसपी बस्नेतले नजिकै घटना हुँदा पनि समयमा थाहा नपाउनु प्रहरीको कमजोरी रहेको स्वीकार गरेका छन्।

उनले चौकीमा कार्यरत्त प्रहरीलाई आन्तरिक कारबाहीको तयारी समेत भइरहेको जानकारी दिए। आगलागीले किरानाको सम्पूर्ण सामान तथा कपडासमेत जलेर १० लाख बढीको क्षति भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell