PahiloPost

Apr 2, 2026 | १९ चैत्र २०८२

स्थानीय तह निर्वाचनको कार्ययोजना बनाउन स्थायी कमिटीमा छलफल गर्दै एमाले



पहिलोपोस्ट

स्थानीय तह निर्वाचनको कार्ययोजना बनाउन स्थायी कमिटीमा छलफल गर्दै एमाले
फोटो राजन भट्टराई

काठमाडौं : स्थानीय तह निर्वाचनको कार्ययोजना बनाउन नेकपा (एमाले)को स्थायी कमिटीको बैठक सुरु भएको छ। महारजगञ्चस्थित रोयल दरबार एण्ड रेस्ट्रोमा बैठक सुरु भएको हो।

पार्टीलाई स्थानीय तहको निर्वाचनमा परिचालन गर्न एमालेको बैठक सुरु भएको हो। यसअघि चैत ९ र १० गते बसेको केन्द्रीय कमिटीको बैठकले उम्मेद्वार छनोटको मापदण्ड, घोषणपत्र लगायतका विषयमा निर्णय गरेको थियो।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमाले सत्ता गठबन्धनसँग चुनावी प्रतिस्पर्धा गर्ने तयारीमा छ। चुनावी तालमेलबारे जिल्ला कमिटीले निर्णय गर्न सक्ने एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell