PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

जहाँ कांग्रसलाई हुन्छ फाइदा त्यहीँ हुन्छ गठबन्धनबिच तालमेल : प्रवक्ता महत



पहिलोपोस्ट

जहाँ कांग्रसलाई हुन्छ फाइदा त्यहीँ हुन्छ गठबन्धनबिच तालमेल : प्रवक्ता महत

काठमाडौं : नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनमा आवश्यकताको सिद्धान्त अनुसार तालमेल गर्ने जनाएको छ। आज केन्द्रीय समितिको बैठक चलिरहँदा सानेपामा प्रतिक्रिया दिँदै कांग्रेस प्रवक्ता प्रकाशशरण महत कांग्रेसले आवश्यकताको सिद्धान्तको आधारमा तालमेल गर्ने बताएका हुन्।

हाल बैठक चलिरहेको र केन्द्रीय सदस्यहरुले आआफ्नो धारणा राखिरहेका छन्। कांग्रेसले निर्वाचन लक्षित अभियानको नेतृत्व गर्दै खटाएका सदस्यहरुमध्ये ४८ जनाले रिपोर्टिङ गरिसकमेका छन्। अझै १०-१२ जनाले बोल्न बांकी रहेको महतले बताए।

‘केन्द्रीय समितिको बैठक चालिरहेको छ। घरघर जाओऔं, कांग्रेस जिताऔं अभियानमा खटिएका केन्द्रीय सदस्यहरुले ठाउँ ठाउँको रिपोर्ट दिइरहनुभएको छन्। स्थानीय तहमा कहाँ गठबन्धन आवश्यक छ कहाँ छैन भन्ने विषयमा आफ्नो कुराहरु राख्नुभएको छ,’ उनले भने।

यो बैठकले संसदीय बोर्ड गठन गर्ने, स्थानीय तह निर्वाचनमा टिकट वितरण कसरी गर्ने भन्ने विषयको टुंगो लगाउने बताइएको छ। महतले बैठकको निर्णय भोलिसम्म आउनसक्ने बताएका छन्।

महतले हरेक जिल्लाबाट उत्साहजनक रिपोर्ट आएको दाबी गरेका छन्। उनले अब कांग्रसका नेता कार्यकर्ता वडाबाट परिचालित भएर नागरिकको घरघरसम्म पुग्ने बताए।

उनले बैठकमा सदस्यहरुबाट आवश्यकताको सिद्धान्तमा बढी सफलता हासिल गर्ने गरि गठबन्धन गरेरै जानुपर्ने कुरा आएको बताएका छन्। गठबन्धनका लागि मोडालिटी बनाउन केन्द्रीय समितिले छिट्टै निर्णय गर्ने उनले जानकारी दिए।

‘कस्तो ठाउँमा कस्तो समझदारी गर्दा पार्टीलाई फाइदा हुन्छ भन्ने आधारमा निर्णय आउँछ। सैद्धान्तिक खाका पार्टीले निर्णय गर्छ। जसरी जाँदा कांग्रेसलाई फाइदा हुन्छ त्यसैगरी गठबन्धन हुन्छ। यो पार्टी त्यो पार्टी भन्ने हुन्न,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell