काठमाडौं : नेकपा एमालेले निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाएको छ। आइतवार बसेको एमालेको स्थायी कमिटीको बैठकले आयोगले दुई दिन मनोनयनका लागि दिएको समय र मतपत्रमा चुनाव चिन्हको रङ परिवर्तन गर्ने निर्णयप्रति आपत्ति जनाएको हो।
एमालेका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सत्तारुढ दल अनुकूल हुनेगरी आयोगले निर्णय गरेकाले आफ्नो पार्टीले आपत्ति जनाएको बताए।भने,'राजनीतिक दलसँग कुनै परामर्श नगरी मतपत्रको रङ परिवर्तन गर्ने र मनोनयनका लागि दुई दिनको समय दिने सत्तारुढ दलको अनुकूलका लागि गरिएको हो।'
एमालेको केन्द्रीय कमिटीको चैत ९ र १० गते बसेको बैठकले स्थानीय तह निर्वाचनको घोषणापत्र तयार पार्ने प्रस्तावलाई बैठकले पारित गरेको छ। निर्वाचनलाई स्वतन्त्र गर्नु आयोगको दायित्व भएको र त्यसका लागि सरकारले उपयुक्त वातावरण बनाउनुपर्ने एमालेको भनाइ छ।
सरकारले चुनावलाई प्रभावित हुने काम नगर्ने सुनिश्चित गर्नुपर्ने गुरुङले बताए। कर्मचारीको सरुवा बढुवा गरेर सरकारले चुनावलाई प्रभावित पार्न खोजेको एमालेको आरोप छ। 'सरकारी कर्मचारी अन्धाधुन्ध सरुवा बढुवा गरिरहेको छ। यसमा गम्भीर आपत्ति प्रकट गर्दछ,' गुरुङले भने।एमालेको चुनावी घोषणापत्र र स्थानीय चुनावी प्रतिवद्धताका लागि सुझाव संकलन गर्न र्वजनिक आह्वान गर्ने पनि एमालेको निर्णयमा उल्लेख छ।