PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

स्थानीय चुनावमा एक करोड ७७ लाख मतदाताः दश हजार मतदान स्थल, करिब २२ हजार मतदान केन्द्र तोकिए



पहिलोपोस्ट

स्थानीय चुनावमा एक करोड ७७ लाख मतदाताः दश हजार मतदान स्थल, करिब २२ हजार मतदान केन्द्र तोकिए

काठमाडौँः स्थानीय तह निर्वाचनमा कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावली अनुसार सबैभन्दा बढी मतदाता वाग्मती प्रदेशमा ३४ लाख १२ हजार ८६९ रहेका छन्। सबैभन्दा कम मतदाता कर्णाली प्रदेशमा छन्। कर्णालीमा दश लाख एक हजार २८२ मतदाता छन्। 

आयोगले वैशाख २९ गतेसम्म १८ वर्ष पूरा हुने नागरिकलाई मतदातामा सूचित गरेको छ। 

आयोगको विवरण अनुसार प्रदेश १ मा ३३ लाख ४७ हजार ३८४, मधेश प्रदेशमा ३३ लाख ३१ हजार १७० मतदाता रहेका छन्। यस्तै, गण्डकीमा १७ लाख ८९ हजार ४११, लुम्बिनीमा ३२ लाख १९ हजार ४५७ मतदाता छन्। सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १५० मतदाता रहेका छन्। 

आयोगको अनुसार पुरुष मतदाता ८९ लाख ९२ हजार १० जना रहेका छन्। यस्तै, महिला ८७ लाख ४१ हजार ५३० छन्। अन्य १८३ रहेका छन्। 
यो पटक निर्वाचनमा मतदानस्थल संख्या १० हजार ७५६ रहेको छ। भने, मतदान केन्द्र २१ हजार ९५५ कायम हुनेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell