PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नेपाली राष्ट्रिय फुटबल टोली चोनबुरी क्लबसँग पराजित



पहिलोपोस्ट

नेपाली राष्ट्रिय फुटबल टोली चोनबुरी क्लबसँग पराजित
Photo: Chonburi FC

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोली थाइल्याण्डको चोनबुरी क्लबसँग पराजित भएको छ। थाइल्याण्डको क्लल चोनबुरीसँग उसैको घरेलु मैदानमा नेपाली टोली ३-१ गोलअन्तरले पराजित भएको हो।

खेलको ३० औं मिनेटमा फानथामित प्राफान्थको गोलमा चोनबुरीले अग्रता बनाएको थियो। दोस्रो हाफमा रेनाटो केलिकले गोल थप्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए। नेपालका लागि दर्शन गुरुङले खेलको ८३ औं मिनेटमा गोल फर्काए। त्यसपछि पनि चोनबुरीका नाट्टापोङले इन्ज्युरी समयमा गोल गर्दै घरेलु टोलीलाई ३-१ गोलअन्तरको जित दिलाए।

थाइल्याण्ड भ्रमणका क्रममा रहेको नेपाली टोली यसअघिको खेलमा थाइल्याण्डको राष्ट्रिय टोलीसँग २-० गोलअन्तरले पराजित भएको थियो।

थाइल्याण्डमा खेलेका यी दुई खेललाई अगामी एएफसी कप क्वालिफायर्सको तयारीका रुपमा हेरिएको छ। एएफसी एसियन कप २०२३ को छनोटमा नेपाल समूह 'ए' मा परेको छ। नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया समूह 'ए' मा छन्। यो समूहका खेलहरु कुवेतमा हुनेछन्। नेपालले जोर्डनसँग जुन ८ तारिख, कुवेतसँग ११ तारिख र इन्डोनेसियासँग १४ तारिखमा खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell