PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

त्रिदेशीय टी २० सिरिज: नेपाल र पपुवान्युगिनी भिड्दै



पहिलोपोस्ट

त्रिदेशीय टी २० सिरिज: नेपाल र पपुवान्युगिनी भिड्दै
फाइल फोटो क्यान

काठमाडौं: नेपाली क्रिकेट टोलीले नेपाल, मलेसिया र पपुवान्युगिनी सम्मिलित त्रिदेशीय सिरिजमा आज पपुवान्युगिनीको सामना गर्दैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेलमा नेपाल र पीएनजी दिउँसो साढे १२ बजे आमनेसामने हुनेछन्।

यसअघि कीर्तिपुरमै नेपाल र पीएनजीले दुई खेलको एकदिवसीय सिरिज खेलेका थिए। जसमा दुबै खेल पीएनजीले आफ्नो पक्षमा पारेको थियो।

टी २० मा भने नेपाल र पीएनजी पछिल्लो पटक सन् २०१५ मा आमनेसामने भएका थिए। जसमा पीएनजीले नेपालमाथि ८ विकेटको फराकिलो जित निकालेको थियो।

सिरिजमा मंगलवार पीएनजी र मलेसिया, बुधवार नेपाल र मलेसिया, बिहीवार नेपाल र पीएनजी, शुक्रवार मलेसिया र पीएनजी तथा शनिवार नेपाल र मलेसिया भिडनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell