PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

राप्रपामा २० सदस्यीय कार्य सम्पादन समिति गठन



पहिलोपोस्ट

राप्रपामा २० सदस्यीय कार्य सम्पादन समिति गठन
फाइल फोटो

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले २० सदस्यीय कार्य सम्पादन समिति गठन गरेका छन्। 

पार्टी विधान बमोजिम अध्यक्ष लिङ्देनको नेतृत्वमा समिति गठन भएको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

केन्द्रीय कार्य सम्पादन समितिमा लिङ्देनसँगै उपाध्यक्षहरु बुद्धिमान तामाङ, बिक्रम पाण्डे, ध्रुब बहादुर प्रधान, रोशन कार्की, हेमजङ्ग गुरुङ, मुकुन्द श्याम गिरी समावेश छन्। त्यस्तै महामन्त्रीहरु डा. धवल शमशेर राणा, भुवन पाठक, कुन्ती कुमारी शाही, राजेन्द्र गुरुङ, प्रल्हाद साह पनि समितिमा छन्।

केन्द्रीय सदस्य दीपक बोहोरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्ती मगर, जयन्त चन्द, टंक ढकाल, ठाकुर प्रसाद शर्मा र ऋषि बाबु परियार पनि समितिमा छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell