PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

१२ वर्षे श्वेतकाली जात्रा : लोकउद्धारका लागि नगर परिक्रमामा निस्किए ङतभुलु अजिमा

१२ वर्षे श्वेतकाली जात्रा : लोकउद्धारका लागि नगर परिक्रमामा निस्किए ङतभुलु अजिमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : ङतभुलु (श्वेतकाली) अजिमाको १२ वर्षे जात्रा सुरु भएको छ। आइतवार बेलुकीबाट नरदेवीस्थित द्य: छेँबाट सुरु भएको जात्राका क्रममा देवगणहरुले नगर परिक्रममा गरिरहेका छन्।

१२ वर्षमा एकपटक यसरी देवगणहरुलाई नगर परिक्रमा गराइने भएकोले देवगणहरुको यात्रा हुने स्थानका सडकमा मानिसहरुको भिड थियो। देवगणहरुलाई समयबजी, फूलको माला लगायतका सामाग्री चढाउन मानिसको घुइँचो थियो।

आइतवारबाट सुरु भएको जात्रा नरदेवी, असन, इन्द्रचोक, हनुमानढोका, मजिपात, जैशीदेवल, भीमसेनस्थान, मरु, यट्खाहुँदै फेरि नरदेवी पुगेपछि जात्रा सकिनेछ।

लोक उद्धारका लागि सुरु भएको यो जात्रा मल्लकाल हुँदै आएको विश्वास छ।



ट्रेन्डिङ पोस्ट

Ncell