PahiloPost

Jul 3, 2024 | २० असार २०८१

अस्कर अवार्ड : कसले जिते कुन अवार्ड ?



पहिलोपोस्ट

अस्कर अवार्ड : कसले जिते कुन अवार्ड ?

९४ ‌औँ संस्करणको अस्कर अवार्डमा फिल्म 'कोडा' उत्कृष्ट फिल्म घोषित भएको छ। आइतवार राति भएको अवार्ड समारोहमा यस फिल्मले उत्कृष्ट फिल्मको अवार्ड जितेको हो।

विल स्मिथले फिल्म 'किंग रिचार्ड' बाट उत्कृष्ट अभिनेताको अवार्ड जिते। जेसिका चेस्टेइन भने फिल्म 'द आइज अफ ट्यामी फाये' बाट उत्कृष्ट अभिनेत्री घोषित भइन्।

उत्कृष्ट निर्देशकको अवार्ड जेनी क्याम्पियनले जिते। उनले 'द पावर अफ द डग' का बाट उत्कृष्ट निर्देशक ठहरिए। फिल्म 'डुन' ले यसवर्ष सबैभन्दा बढि अवार्ड जित्ने फिल्म बनेको छ।

अस्कर अवार्ड विजेताको सूची 

उत्कृष्ट फिल्म: कोडा

उत्कृष्ट अभिनेता: विल स्मिथ (किङ रिचार्ड)

उत्कृष्ट अभिनेत्री: जेसिका चेस्टेइन (द आइज अफ ट्यामी फाये)

ओरिजिनल सङ: नोटाइम टु डाइ

एनिमेटेड फिचर: एन्कान्टो

डकुमेन्ट्री फिचर: समर अफ सोल

पटकथा: सियान हेदर (कोडा)

मौलिक पटकथा: केन्नेथ ब्रानाघ (बेलफास्ट)

अन्तर्राष्ट्रिय फिचर फिल्म: ड्राइभ माइ कार (जापान)

सह-अभिनेत्री: एराइना डिबोस (वेस्ट साइड स्टोरी)

सह-अभिनेता: ट्रोइ कोटसर (कोडा)

ओरिजिनल स्कोर: हान्स जिमर (डुन)

सिनेमाटोग्राफी: ग्रेग फ्रासर (डुन)

भिजुअल इफेक्ट: डुन

फिल्म सम्पादन: जोइ वाल्कर (डुन)

साउन्ड: डुन

प्रोडक्सन डिजाइन: डुन

लाइभ एक्सन सर्ट: द लङ गुडबाइ

डकुमेन्ट्री सर्ट: द क्वीन अफ बास्केटबल

मेक अप एन्ड हेयर स्टाइल: द आइज अफ ट्यामी फाये



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell