PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

त्रिदेशीय टी २० सिरिज : नेपालले पपुवा न्युगिनीलाई दियो १ सय ८४ रनको लक्ष्य

त्रिदेशीय टी २० सिरिज : नेपालले पपुवा न्युगिनीलाई दियो १ सय ८४ रनको लक्ष्य

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली क्रिकेट टोलीले नेपाल, मलेसिया र पपुवान्युगिनी सम्मिलित त्रिदेशीय सिरिजको जारी पहिलो खेलमा पपुवा न्युगिनीलाई १ सय ८४ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८३ रन बनाएको हो।

उत्कृष्ट सुरुवात गरेको नेपालका लागि ओपनर आशिफ शेखले ४३ रन बनाउँदा कुशल भुर्तेलले २० रन बनाए। त्यस्तै रोहित कुमार पौडेलले ३४ रन बनाउँदा आरिफ शेखले ३१ रन बनाए।

बलिङतर्फ पपुवा न्युगिनीका अलेइ नाओ, चाड सोपर र चार्ल्स अमिनीले समान २ विकेट लिँदा नोर्मन भउना र रिले हेकुरेले समान १ विकेट लिए।

पीएनजी केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।

यसअघि कीर्तिपुरमै नेपाल र पीएनजीले दुई खेलको एकदिवसीय सिरिज खेलेका थिए। जसमा दुबै खेल पीएनजीले आफ्नो पक्षमा पारेको थियो।

टी २० मा भने नेपाल र पीएनजी पछिल्लो पटक सन् २०१५ मा आमनेसामने भएका थिए। जसमा पीएनजीले नेपालमाथि ८ विकेटको फराकिलो जित निकालेको थियो।

सिरिजमा मंगलवार पीएनजी र मलेसिया, बुधवार नेपाल र मलेसिया, बिहीवार नेपाल र पीएनजी, शुक्रवार मलेसिया र पीएनजी तथा शनिवार नेपाल र मलेसिया भिडनेछन्।



ट्रेन्डिङ पोस्ट

Ncell