PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

शिक्षा क्षेत्रमा चरम राजनीति भएकोले विकास हुन सकेन : प्रकाशमान



पहिलोपोस्ट

शिक्षा क्षेत्रमा चरम राजनीति भएकोले विकास हुन सकेन : प्रकाशमान

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा चरम राजनीति भएकाले शिक्षा क्षेत्रको विकास हुन नसकेको बताएका छन्। सोमवार कन्या मन्दिर माध्यमिक विद्यालयको ७५ औं वार्षिकोत्सव (हिरक जयन्ती) समारोहलाई सम्बोधन गर्दै उनले शिक्षा क्षेत्रमा चलिरहेको राजनीतिको विषय उठान गरेका हुन्।

उनले शिक्षा क्षेत्र नारा दिएर मात्रै सुधार नहुने भन्दै  मौका पाउँदा काम गरेर देखाउने समय भइसकेको बताए। ‘शिक्षा क्षेत्रमा चरम राजनीतिक कारण भएकाले मुलुको शिक्षा क्षेत्रमा नागरिकले चाहेको जस्तो सुधार को खाँचो छ,’ उनले भने।

संविधानले ग्यारेन्टी गरेजस्तै आधाभुत स्वास्थ्य र गुणस्तरीय शिक्षामा सबै नागरिकको पहुँच पुग्न नसकेको उनले बताए। उनले परिवर्तन ल्याउन नागरिकलाई अधिकार दिलाउन भएका संघर्षलाई संस्थागत गर्नुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell