PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

‘माओवादीले जिते विकास, अरुले जिते भ्रष्टचार’ भनेर सरकारी निकायले नै भने : प्रचण्ड



पहिलोपोस्ट

‘माओवादीले जिते विकास, अरुले जिते भ्रष्टचार’ भनेर सरकारी निकायले नै भने : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा धाँधली हुनसक्ने भन्दै कार्यकर्तालाई तयार रहन निर्देशन दिएका छन्। रोल्पामा आयोजित आमसभालाई सम्बोधन गर्द प्रचण्डले कसैले गुण्डागर्दी  गर्न खोजे प्रतिकारका लागि तयारी गर्नुपर्ने उनको भनाइ थियो।

‘जाली फटाहाले गुण्डागर्दी गर्छ भने इँटको जवाफ पत्थरले दिनुपर्छ,’ उनले भने।

माओवादी केन्द्रले जितेका स्थानीय तहमा विकास र सुशासन भएको भन्दै प्रचण्डले रोल्पामा माओवादीले जिते देशभर माओवादी जितको सन्देश जाने बताए। उनले मा‌ओवादीले जिते विकास हुने र अरु दलले जिते भ्रष्टाचार बढ्ने बताए।

‘जहाँ माओवादी केन्द्रले जित्छ त्यहाँ विकास हुन्छ, अरुले जिते भ्रष्टाचार, यो सरकारले नै भन्यो/ सरकारी निकायले नै भने। शान्ति र विकासमा, समाजवाद निर्माणमा पनि हामी माओवादीले इतिहास निर्माण गर्नु छ,’ प्रचण्डको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell