.jpg)
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसी मतदातालाई अरु दलको चुनाव चिह्नमा मतदान गर्न लगाउन नहुने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले गठबन्धनबिच आसन्न निर्वाचनमा तालमेलको विपक्षमा मत दिएका हुन्।
भने, ‘लाखौ मतदाता नयाँ छन्। यी मतदातालाई रुखबाहेक अरुमा भोट हाल्न लगाँउदा भोलि कांग्रेस बन्न आउँछन् त? ’
थापाले नेपालमा कम्युनिष्टबाट खतरा भएको भन्दै भने, ‘नेपालमा कम्युनिस्टबाट खतरा छ भनेर हामीले बारम्बार भन्यौं। के अबको निर्वाचनमा कम्युनिस्ट मिल्न नदिएर लोकतान्त्र बचायौँ भनेर भन्न जाने हो त?’
बैठकमा शेखर कोइरालाले पनि तालमेल किन र केका लागि भन्दै प्रश्न उठाएका थिए। प्रधानमन्त्री एवम् कांग्रेस सभापतिले भने गठबन्धन नगर्दा नै अघिल्लो पटक कांग्रेस हारेको जवाफ फर्काएका थिए।