PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

कस्तो होला स्थानीय तह निर्वाचनको मतपत्र ?



पहिलोपोस्ट

कस्तो होला स्थानीय तह निर्वाचनको मतपत्र ?

काठमाडौं : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पनि २०७४ सालमा जस्तै मतपत्रको आकार ठुलो हुने भएको छ। आज आयोजित पत्रकार सम्मेलनमा आयोगले दल र उम्मेदवार धेरे हुने भएकाले मतपत्रको आकार ठुलो हुने बताएको हो।

आयोगको विवरण अनुसार निर्वाचनमा सहभागी हुन दलगत विवरणका आधारमा कम्तिमा ११ र बढीमा ४६ राजनीतिक दलले चुनावमा भाग लिँदै छन्। जिल्लागत रुपमा भाग लिने दलहरुमा राष्ट्रिय दलको संख्या जोडिने आयोगले बताएको छ।

स्वतन्त्र र दलका उम्मेद्वार हुने भएकाले मतपत्र ठुलो हुन गएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

'मत पत्र ठुलो हुन्छ। हाम्रो संविधानले राजनीतिक दलले दल खोल्न दिएको अधिकारका हिसाबले निर्वाचनमा मत पत्र धेरै हुन्छ भनेर सम्बोधन नगरि रहन सकिने अवस्था देखिएन,'उनले भने।

आयोगले केहीदिनमै मतपत्रको डिजाइन सार्वजनिक गर्ने तयारी गरेको छ। धेरै उम्मेद्वार हुने काठमाडौं उपत्यका र बाहिरका स्थानीय तहमा मनोनयन सकिएपछि चुनाव चिह्न आयोगले दिनेछ।

'आज र भोलिमै मतपत्रको डिजाइन हुन्छ। आयोगले अहिले राखेको सोचाइ के छ भने उपत्यका र उपत्यका बाहिरका उम्मेद्वार बढी हुने ठाउँमा मत पत्र दिने भनेका छौँ,'उनले भने।

आयोगले आइतवार मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको थियो। जसमा पुरुष मतदाता भन्दा महिला मतदाताको संख्या धेरै छ। राष्ट्रिय संस्थाहरुले मात्रै निर्वाचनमा पर्यवेक्षण गर्न पाउने आयोगले जनाएको छ। यस्तै, मतपत्र जनक शिक्षा समाग्री केन्द्र लिमिटेडबाट छपाइ गर्ने र कल सेन्टर सञ्चालन गरिने लगायतका निर्णय आयोगले गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell