
हेटौँडाः मकवानपुर प्रहरीले २ क्विन्टल ६५ केजी गाँजासहित ५ जना पक्राउलाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी चौकीटोल मकवानपुरबाट खटिएको प्रहरी टोलीले सो परिणाममा गाँजा बरामद गरेको हो।
सवारीसाधन चेकजाँच गर्ने क्रममा भैँसेबाट हेटौँडातर्फ आउँदै गरेको प्र ३–०१–०२३ च ५६४० नम्बरको पिकअप गाडीमा गाँजा १६५ किलो ८०० ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा हेटौंडा १३ पदमपोखरी बस्ने २८ वर्षीय अरबिन्द नेपाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
यसैगरी, इलाका प्रहरी कार्यालय मनहरिले १०० किलो गाँजासहित ४ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङ रोराङ गाउँपालिका २ का मानबहादुर चेपाङ सोही ठाउँका ३९ वर्षीय सन्तबहादुर चेपाङ, मनहरि गाउँपालिका ३ का बुद्धिबहादुर थिङ र चितवन राप्ती नगरपालिका ११ का सञ्चबहादुर थिङ रहेका छन्।