.png)
काठमाडौँः पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल टर्की प्रस्थान गरेका छन्। अंकारामा हुने इको क्लाइमेट कन्फ्रेन्समा सहभागी हुन नेपाल सोमबार राति टर्की प्रस्थान गरेको निजी सचिवालयले जनाएको छ।
सम्मेलन मार्च २९ देखि ३१ सम्म हुनेछ।
नेपाल चैत १९ गते स्वदेश फर्कने कार्यक्रम छ।