काठमाडौं: कमेडियन हिमेश पन्त फिल्म ‘वर एण्ड बधु’ मा अनुवन्धित भएका छन्। 'कमेडी च्याम्पियन' पहिलो सिजनका बिजेता पन्त यसैबाट ठूलो पर्दामा डेब्यु गर्न लागेका हुन्।
हिमेशले फिल्ममा अभिनय गर्ने पक्का भएको र आफूहरू बिच सम्झौता भइसकेको निर्देशक मिलन चाम्सले जानकारी दिए। फिल्ममा हिमेश गैरआवासीय नेपाली (एनआरएन) को भूमिकामा देखिनेछन्।
एल आर के इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा मिलन चाम्सको निर्देशन रहने छ। कमेडी र प्रेम कथामा आधारित फिल्मको छायाँकन वैशाख पहिलो साताबाट सुरू हुने बताइएको छ।
फिल्ममा हिमेशका साथै आँचल शर्मा, विवेक कर्माचार्य, किरण केसी, बुद्धि तामाङ, विजय लामा लगायतको अभिनय हुनेछ।