PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

अर्को आदेश नभएसम्मका लागि तीन जिल्लाका प्रहरी प्रमुख फेरिए : मोरङमा कोइराला, सिन्धुपाल्चोकमा यादव



पहिलोपोस्ट

अर्को आदेश नभएसम्मका लागि तीन जिल्लाका प्रहरी प्रमुख फेरिए : मोरङमा कोइराला, सिन्धुपाल्चोकमा यादव

काठमाडौं : प्रहरी प्रधान कार्यालय नक्सालले तीन जिल्ला प्रहरी प्रमुखहरू फेरेको जानकारी दिएको छ।

सिन्धुपाल्चोक, मोरङ र पश्चिम नवलपरासीका प्रहरी प्रमुख (एसपी) फेरेको हो। जिल्ला प्रहरी कार्यालय मोरङमा एसपी शान्तिराज कोइरालालाई पठाइएको छ। यसअघि मोरङका एसपी जनार्दन जिसीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा गरिएको छ।

त्यस्तै, सिन्धुपाल्चोकमा एसपी रामेश्वर प्रसाद यादवलाई काज सरुवा गरिएको छ। सिन्धुपाल्चोकका एसपी राजन अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। एसपी ऋषिराम कँडेललाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा सरुवा गरिएको छ।

आवश्यकता अनुसार काजमा घटाउनु पर्ने भएकाले अर्को आदेश नआएसम्म सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell